शिवरात्रीको अवसरमा आज पशुपतिनाथ मन्दिर बिहान साढे तीन बजेदेखि खुला

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार ०८:३४


काठमाडौं, फागुन १३ ।
आज महाशिवरात्रीको उपलक्ष्यमा भक्तजनहरूको दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिरको ढोका खोलिएको छ ।

बिहान साढे २ बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए ।

उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयबागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवं गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

‘बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ,’ उनले भने । पशुपतिको पूर्व ढोका भने बिहान साढे ७ बजेपछि खुलेका छन् । महाशिवरात्रीका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुई हजार पाँच सय सशस्त्र प्रहरी र चार सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

यस वर्ष कोषले सःशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सःशुल्क दर्शनका माध्यमबाट कोषले रु. ३५ लाख सङ्कलन गरेको थियो । महाशिवरात्रीका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवं महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।

महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

र, यो पनि

http://liveofnepal.net/archives/1249


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....