संविधानलाई ‘मेरो गोरुको बार्‍है तक्का’ गर्न नहुने पूर्वराष्ट्रपति डा. यादवको भनाई

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार १८:३७


काठमाडौं, फागुन १३ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान सभाबाट संविधान जारी भएको डेढ वर्ष बितिसक्दा पनि जहाँको त्यहीँ हुनु दुःखद् भएको बताएका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका प्राण भनेको प्रक्रिया र विधि हुन्, यसलाई कुनै एक दलले मेरो गोरुको बार्‍है टक्का भनेर अड्काउने काम गर्न नहुने धारणा राख्दै असन्तुष्ट पक्षका माग सम्बोधन गरी निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

उनले भने ‘हिमाल, पहाड र तराईलाई जोड्न सक्ने तन्तु नै असली राष्ट्रवाद हो ।’ आफू कांग्रेसको कूल र मूलबाट प्रथम राष्ट्रपति हुने सौभाग्य पाउनु गौरव लागेको स्मरण गर्दै उनले जटिल र कठिन मोडमा आफ्नो भूमिकालाई निर्वाह गरेको बताए ।

सोही अवसरमा पूर्वराष्ट्रपति डा. यादवले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार पन्नालाल गुप्ता (बाँके) र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा देबेन्द्रप्रसाद उपाध्याय (चितवन) लाई संयुक्त रूपमा प्रदान गरे ।

वरिष्ठ पत्रकार गुप्ताले वि.सं. २०१८ सालदेखि अविछिन्न रूपमा बाँके कार्य क्षेत्र बनाई पत्रकारितामा संलग्न हुँदै आएका छन् भने उपाध्यायले शिक्षक रही प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिँदै आउनुभएको छ । सो पुरस्कारको राशी रु. एक लाख एक हजारसहित सम्मान पत्र रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....