शान्ति सुरक्षाको व्यवस्था मिलाउन गृहलाई आयोगको निर्देशन, चुनावको तयारी तीब्र

काठमाडौं, फागुन १४ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले गृहलाई चिठी पठाउँदै आगामी बैशाख ३१ गते हनु गइरहेको स्थानीय तहको निर्वाचन अवधिमा कानून बमोजिम हातहतियार लिन पाउने बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक पदार्थ, विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन भनेको छ ।
कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउन पनि आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरण कार्यमा पूर्ण बन्देज लगाउन र केही सार्वजनिक (अपराध र सजाँय) ऐन, २०२७ को व्यवस्था बमोजिम निर्वाचन बिथोल्न सक्ने अपराधिक चरित्रका शंकास्पद व्यक्तिहरूलाई प्रहरी निगरानीमा राखी आवश्यकताअनुसार नियन्त्रणको व्यवस्था गर्न पनि आयोगले भनेको छ ।
प्रतिक्रिया