दलित सांसद्हरूको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु

प्रकाशित मिति: १४ फाल्गुन २०७३, शनिबार १०:१७


काठमाडौं, फागुन १४ ।
दक्षिण एशियाका दलित सांसद्को अन्तर्राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु हुने भएको छ । एशियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा हुने दुई दिने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल गरिने भएको छ । मञ्चकाअनुसार दक्षिण एशियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंङ्कालगायत देशमा जातीय विभेद् विद्यमान छ ।

यिनै देशका दलित सांसद्ले संयुक्त पहल गर्न सम्मेलन आयोजना गरिएको मञ्चका संयोजक एवं सांसद् मीन विश्वकर्माले जानकारी दिए । मञ्चले संसारमा अन्धविश्वास र कुरीतिका रूपमा रहेको छुवाछुत तथा जातीय भेद्भाव अन्त्यका लागि एशिया दलित अधिकार फोरमको सहयोगमा सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । सम्मेलनमा विभिन्न देशमा रहेको जातीय भेद्भाव तथा छुवाछुतको अवस्था र अबको रणनीतिबारे छलफल हुने मञ्चले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....