सुनचाँदी काराेबारकाे अन्तिम दिन सुनकाे मूल्य १ हजार ५ सयले बढ्याे

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार १३:०४


काठमाडाैं, असाेज ४ ।
सुनचाँदी काराेबारकाे अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५७ हजार १ सय रुपैयाँ पुगेकाे छ ।

यो बिहीबारको तुलनामा १ हजार ५ सय रुपैयाँ बढी हो । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत असोज १ गते सुनको मूल्य हालसम्मकै उच्च अर्थात् १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज चाँदीको मूल्य प्रति तोला ५५ रुपैयाँले बढेको छ ।

बिहीबार प्रति तोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रति तोला १ हजार ९ सय १५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....