सञ्चारकर्मीलाई निःशुल्क स्वास्थ्य सेवा

प्रकाशित मिति: १४ फाल्गुन २०७३, शनिबार १०:५७


विराटनगर, फागुन १४ ।
विराटनगरमा रहेको गोल्डेन अस्पतालले सञ्चारकर्मीहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गर्दै सेवा सुविधा सार्वजनिक गरेको छ ।

केही दिनअघि आफ्नो वार्षिक साधारण सभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे सेवा सुविधा बारे जानकारी सार्वजनिक गरेको हो ।

अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्स–रे, अल्ट्रासाउण्ड, बेड चार्ज, ईसीजी आदि सेवा निःशुल्क रहेको छ भने ल्याबमा हर्मोनल टेस्टबाहेकका अन्य सेवा निःशुल्क गरिएको छ ।

यसैगरी, पत्रकारका आमा, बुबा, छोराछोरी, श्रीमान, श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....