राजधानीमा धुलोको तुँवालो, उपर्युक्त कदम नचाले जनस्वास्थ्यमा गम्भीर खतरा

प्रकाशित मिति: १४ फाल्गुन २०७३, शनिबार १७:३३


अघिल्लो वर्ष यहीँ समयमा बेइजिङलाई पछि पार्दै काठमाडौं एशियाकै सबैभन्दा प्रदुषित शहर बनेको समाचार आयो । साथै विश्वको तेश्रो प्रदुषित शहर पनि ।

गत वर्ष मार्चमा प्रकाशित भएको प्रदुषणसम्बन्धी एक अध्ययनको प्रतिवेदनले काठमाडौंमा वायु प्रदुषण उच्च रहेको उल्लेख गर्‍यो । प्रदुषणमा नेपालले ९६ दशमलव ६६ अंक पाएको थियो । विश्वको सबैभन्दा प्रदुषित शहरमा मासेडोनियाको टेभोगो र दोश्रो स्थानमा इजिप्टको सिकागो थियो । यी दुबैको अंक ९९ प्लस थियो ।

त्यतिबेला यो समाचार पढ्दा सबैलाई लाज लगेको कुरा काठमाडौ विश्वकै प्रदुषित शहरको सूचीमा काठमाडौं तेश्रो स्थानमा थियो । विश्वको सबैभन्दा बढी प्रदुषण हुने भनिएको बेइजिङ सिटी १३ औँ नम्बरमा थियो भने नेपाल एशियाको प्रदुषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो ।

यो पोहोर साल त्यतिबेलाको आकँडा हो, जतिबेला राजधानीमा प्रदुषणका लागि विस्तार गरिएका केहीँ सडक र केही पिच नभएका रोडहरू थिए भने, अहिलेको अवस्थामा राजधानीको प्रदुषणको आकँडाले रेकर्ड नाघिसकेको कुरा निश्चित छ ।

अहिले राजधानीका प्राय सडक उदाङ्ग छन् । जसबाट यति धुलो निस्कन्छ की राजधानीका सडकहरूमा अहिले हिँडिसक्नु छैन । धुलोले काठमाडौं यस्तो भरिएको छ की २०० मिटर टाढाको दृश्य देख्न पनि मुस्किल हुन्छ । राजधानीमा धुँवाको तुवालो लागेको छ । कारण, मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप–लाईन बिछ्याउन खनिएका सडकहरूबाट उडेको धुलो । दशैँसम्ममा मेलम्चीको पानी ल्याईसक्ने योजनाअन्तर्गत अहिले राजधानीमा तीब्र गतिमा पाईप बिच्छ्याउने काम चलिरहेको छ ।

काठमाडौंका प्राय सडक खनिएका छन् । सडकमुनि गाडिएका पाईप लाईनको परीक्षण नगर्दासम्म तत्कालै सडक पिच गर्न मिल्ने अवस्था पनि छैन । यदि खनिएको ठाउँमा तत्काल पिच गर्ने हो भने पाईप लाईनमा कहीँ त्रुटि भेटिएमा सडक पुनः खन्नु पर्ने हुन्छ । अनावश्यक खर्च हुने भएकाले सडक पिच गर्न सकिने अवस्था छैन, तर दशैँमा मेलम्चीको पानी आउँदासम्म यी सडकलाई त्यतिकै छाडी दिनु उपत्यकाको जनस्वास्थ्यको लागि खतरा हुनेछ ।

सडकको यो अवस्थालाई चैत्र–बैशाखसम्म यत्तिकै छाडी दिने हो भने, त्यतिबेलाको हावा–हुरीले बाहिर अवस्था अत्यन्तै नाजुक हुनेछ नै घरमा पनि मानिसहरू राम्ररी बस्न पाउने छैनन् ।

अब तीन महिना काठमाडौंमा धुलोको अवस्था यही रहने हो भने धुलोको कारण अस्पतालमा बिरामीहरूको संख्या बढ्न सक्ने चिकित्सकहरूको भनाई छ । यसको जोखिमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी रहने चिकित्सकहरूको दाबी छ । काठमाडौंको यो धुलोले यहाँको जनस्वास्थ्यमा दीर्घ रोग पनि ल्याउने उच्च जोखिम छ । श्वास प्रश्वासले फोक्सो, टनसिल, लुतो, खटिराका बिरामी बढ्ने देखिन्छ । श्वास प्रश्वाससम्बन्धी रोग भएका बिरामीहरूलाई उपत्यका बसाई एकदमै कष्टपूर्ण हुनेछ ।

यसले मानव स्थास्थ्यमा मात्र नभएर शहरको सुन्दरतामा पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले सिधा हाम्रो पर्यटनमा पनि नराम्रो असर पार्ने छ । नेपाल घुम्न आउने पर्यटकहरूको प्रवेश गर्ने र फर्कने ठाउँ काठमाडौं नै हो । यहाँको धुलोको यो अस्तव्यस्तताले पर्यटनमा प्रभाव पर्नेछ ।

अहिले खनिएका सडक पिच गरेर पछि फेरि खन्नुपर्यो भने सरकारको दोहोरो खर्च लाग्छ भनेर मेलम्चीको पानी नआई पुगुञ्जेल सडकलाई पिच नगरी छाडियो भने त्यसले जनस्वास्थ्यमा पार्ने समस्याबाट जनतादेखि राज्यसम्मको खर्च कति होला, जनताले कति सास्ती खेप्नु पर्ला ? यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।

सरकारले अस्थायी प्रकृतिको पिच गरेर बजेट मात्र सिध्याउने काम पनि गर्नु हुँदैन । अस्थायी पिच गर्दा केही दिनमा पिच भत्केर फेरि त्यहीँ अवस्थामा पुग्ने सम्भावना हुन्छ ।

सरकारको योजनाअनुसार हरेक साढे चार मिटरको अन्तरमा दुई–दुई मिटरका खाल्डा राखेर सडक पिच गर्ने तयारी भइरहेको भन्ने जानकारी आएको छ । यसरी सडक पिच गर्दा त्यस्ता खाल्डाका कारण सडकमा दुर्घटना बढ्ने जोखिम पनि त्यत्तिकै छ । त्यसैले तत्काल काठमाडौंको प्रदुषित वातावरणलाई नियन्त्रण गर्नु अति आवश्यक छ ।

अहिले खनिएका सडकका कारण धुलो मात्र उडिरहेको छैन, यसले ट्राफिक जामसमेत बढाएको छ । यसले सर्वसाधारणको दैनिक जीवनलाई नै समस्यामा पारेको छ । यस्तो अवस्थामा सरकारले राज्यको खर्च हुन्छ भनेर जनस्वास्थ्यमाथी खेलबाड गर्न मिल्दैन । जसरी हुन्छ, यी सबै सडक पिच गरेर राजधानीको प्रदुषण रोकथामको कदम चाल्न ढिलो गर्नु हुँदैन ।

पटक–पटक मर्मत गरेर थप बजेट खर्च गर्नुभन्दा बरु सुरुमै स्थायी पिच गर्ने र पछि आवश्यक पाईप लाईनमा त्रुटि देखिएको स्थानमा मात्र पिच भत्काएर मर्मत गर्ने कार्य बढी उपर्युक्त हुने देखिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....