तालाबन्दी तथा अवरोधका कारण स्ववियुको निर्वाचन मनोनयन प्रभावित

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार ०६:४६


काठमाडौं, फागुन १५ ।
त्रिभुवन विश्वविद्यालय र मातहतका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी तथा अवरोधका कारण मनोनयनको कार्यक्रम प्रभावित भएको छ ।

त्रिविका कूल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौं उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिएकी छन् ।

अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेत्रविक्रम चन्द विप्लव निकटको अखिल (क्रान्तिकारी)ले पनि विभिन्न क्याम्पसमा अवरोध गरेका कारण मनोनयन दर्ता हुन नसकेको जनाइएको छ ।

सबै विद्यार्थी सङ्गठनको सहमतिमा त्रिविले तय गरेको कार्यतालिकाअनुसार निर्वाचन हुन लागेको थियो । अधिकांश क्याम्पसमा अवरोध भएपछि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले भने त्यसको विरोध गरेका छन् ।

मनोनयनकै विषयलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा हिजो अनेरास्ववियु र नेविसङ्घबीच झडपसमेत भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....