कांग्रेस संसदीय दलको बैठक बस्दै, सभापति देउवाको आलोचना हुँदै

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार ०९:१४


काठमाडौं, फागुन १५ ।
समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । अहिले केहीबेरमा दलको कार्यालय सिंहदरबारमा सुरु हुने बैठकमा संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचनको बारेमा छलफल हुने कांग्रेस सांसद् तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् ।

पछिल्लो समय राजदूत सिफारिसलगायतका निर्णयमा असहमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समितिको बैठक बोलाउन लिखित आग्रह गरेपछि आज देउवाले संसदीय दलको बैठक बोलाएका हुन् । राजदूत नियुक्ति, भ्रातृ संस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पौडेल पक्षको हिजो छुट्टै बैठक बसेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....