तीस राजनीतिक दललाई सय रुपैयाँ जरिवाना गर्ने निर्णय

काठमाडौं, फागुन १५ ।
निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानूनअनुसार आय व्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगर्ने करिब ३० वटा राजनीतिक दललाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम ती दलहरूलाई सय रुपैयाँ जरिवाना गर्ने निर्णय गर्दै सात दिनभित्र जरिवाना तिर्न समय दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने नौ राजनीतिक दल र पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका १९ वटा राजनीतिक दल गरी जम्मा ३० राजनीतिक दललाई एक रुपैयाँ जरिवाना गर्ने निर्णय भएको उनको भनाई छ । आयोग बैठकले ती दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया