माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाँदै

काठमाडौं, फागुन १५ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचारको लागि थाइल्याण्ड लाने तयारी भएको छ ।
उच्च ज्वरो आएपछि मंगलबारदेखि धापासीको ग्राण्डी अस्पताल भर्ना भएका पुनलाई दिउँसो २ बजे थाई एयरबाट थाइल्याण्डको बैंकक लैजाने तयारी भएको उहाँको परिवारले जनाएको छ ।
पुनलाई ज्वरो कम नभएको तथा वान्ता हुने र टाउको दुख्ने समस्या रहिरहेको तथा नियमित उपचारको लागि पनि जानुपर्ने भएकाले उहाँलाई बैंकक लान तयारी गरिएको बहिनी सुशीला पुनले जानकारी दिइएकीछिन् । यसअघि जण्डिस बिग्रिएपछि पुन गएको वर्ष माघमा भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा उपचार गरेर फर्किएकी थिइन् ।
उपचारको लागि निरन्तर गएको महिना नै बैंकक जानुपर्ने भएपनि व्यस्तताले गर्दा जान नसकिएको पारिवारले जानकारी दिएको छ ।
प्रतिक्रिया