स्थानीय तहको निर्वाचनका लागि मतपेटिका भारतबाट ल्याउने तयारी

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार १६:३८


काठमाडौं, १५ फागुन ।
स्थानीय तह निर्वाचनका लागि अपुग मतपेटिका भारतबाटै ल्याउने भएको छ । त्यस्तै जापान सरकारसँग पनि मतपेटिकाको बारेमा कुरा भइरहेको जनाएको छ ।

आयोगसँग हाल भएका मतपेटिका बाहेक थप २५ हजार मतपेटिका चाहिने आयोगको अनुमान रहेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालकाअनुसार आयोगसँग करिब ४० हजार थान मतपेटिका छन् । तीमध्ये थोरै मात्र ८० लिटर क्षमताका छन् ।

स्थानीय तहको चुनावका लागि मतपत्रको आकार वृद्धि हुने भएकाले साना मतपेटिका प्रयोगमा ल्याउन नसकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....