संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने देउवाको भनाइ

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार १७:०५


काठमाडौं, फागुन १५ ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउन माग गर्ने जनाएको छ । कांग्रेसको आज भएको छलफलमा मधेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद्हरूसँगको छलफलको क्रममा पार्टी सभापति शेरबहादुर देउवाले संविधान संशोधन पास गराउन आफूले सक्दो पहल गर्ने बताएका छन् ।

संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने देउवाले जनाएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले संविधान संशोधन प्रस्ताव पारित गर्न आफू अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

बैठकमा मधेशमा प्रतिनिधित्व गर्ने कांग्रेसका सभासद्हरूले संविधान संशोधन प्रस्ताव पारित नभए मधेशमा खुट्टा टेक्ने ठाउँ नरहने भन्दै संविधान संशोधन प्रस्ताव पारित गराउन सभापति देउवालाई दवाव दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....