राप्रपाले विज्ञप्ति निकाल्दै भनेका छन् संविधान संशोधन विधेयक अघि बढाउँदा प्रत्युत्पादक हुने ठहर

काठमाडौं, फागुन १५ ।
सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने निर्णय गरेको छ । राप्रपा संसदीय् दलको आज बसेको बैठकले संविधान संशोधनमा समझदारी बनाउनलाई राजनीतिक दलहरूबीच सहमति कायम गरेर मात्र निर्णय प्रस्तुत गर्नुपर्ने जनाएको छ ।
संसद्मा ३७ सीट रहेको राप्रपाले संशोधनप्रति असहमति जनाउँदै आए पनि औपचारिक निर्णय भने पहिलो पटक गरेको हो । राप्रपाको निर्णयसँगै संशोधन प्रस्ताव सोझै असफल हुने निश्चित भएको छ ।
राप्रपाका अनुसार ‘मधेश केन्द्रित राजनीतिक दलहरूको माग सम्बोधन गर्ने क्रममा संसद्मा प्रस्तुत र हाल विचाराधिन रहेको विधेयकले कसैलाई पनि सन्तुष्ट गर्न सकेको छैन ।’ साथै यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउँदा प्रत्युत्पादक हुने ठहर पनि राप्रपाले गरेको छ ।
प्रतिक्रिया