मधेशी मोर्चाद्वारा संशोधन प्रक्रिया अगाडि बढाउन पुनः सरकारसँग माग

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार ०६:४०


काठमाडौं, फागुन १६ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन प्रक्रियालाई नै अगाडि बढाउन पुनः सरकारसँग माग गरेको छ ।

मोर्चाको आइतबार बसेको सचिवालयको बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर निर्वाचनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । संशोधनको प्रक्रिया अगाडि बढ्दासम्म सरकारलाई दिएको समर्थन जारी रहने र नयाँ परिस्थितिमा नयाँ आधारमा अगाडि बढ्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिएका छन् ।

यस्तै, मोर्चाकातर्फबाट व्यवस्थापिका–संसद्मा आइतबार दर्ता गराइएको नेपालको संविधानको दोश्रो संशोधनमाथी दर्ता गराइएका चार संशोधनको प्रस्तावका सम्बन्धमा सहमति जुटाउने र समान धारणा बनाएर जाने विषयमा कुराकानी भएको नेता झाले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....