फागुन १८ गतेभित्र दल दर्ता गर्न आयोगको आग्रह

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार ०६:५०


काठमाडौं, फागुन १६ ।
स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गते बुधबारसम्ममा निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले आइतबार एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने भन्ने निर्णयअनुसार नै आयोगको केन्द्रीय कार्यालयमासमेत दल दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

यसअघि, दल दर्ता गर्न छुटेकालाई समेत आयोगले दर्ताका लागि मार्गप्रशस्त गरेको जनाएको छ । आयोगले राजनीतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना, राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको संख्या, सङ्गठनात्मक स्वरूप, दल दर्ताका लागि अधिकार प्राप्त व्यक्तिले प्राप्त गरेको अधिकार पत्र, आधिकारिक छापको नमूना र वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) द्वारा निर्धारित शर्तहरू पूरा गरेको वा पूरा गर्न कबोल गरेको हुनुपर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....