चर्चित कलाकार एवं निर्देशक रामशेखर नकर्मीको निधन

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार १३:२५


काठमाडौं, फागुन १६ ।
नेपाली तथा नेपालभाषामा चर्चित कलाकार एवं निर्देशक रामशेखर नकर्मीको आज ८१ वर्षको उमेरमा भक्तपुरको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

भाषिक कार्यकर्ता शान्तराज शाक्यले जानकारी दिएअनुसार उनको आज भक्तपुरको एक अस्पतालमा उपचारको क्रममा बिहान करिब सवा ६ बजे निधन भएको हो । नकर्मी धेरै समय अगाडिदेखि पिनासले ग्रसित हुँदै नाकमा मासु बढेको र पछि नाकमा क्यान्सर भएको र सोही उपचार गर्ने क्रममा उनको आज बिहान निधन भएको हो ।

कलाकार नकर्मी नेपाली चलचित्र गणेशमान र टेलिसिरियल लक्ष्मीलगायतमा भूमिका रहेको छ भने नेपालभाषामा लोकप्रिय टेलिचलचित्र ‘१२ बजे’, नेपालभाषाको चलचित्र ‘पःखाः’ र वरिष्ठ कलाकार एवं निर्देशक नीर शाहद्वारा निर्मित “राजमति” लगायत चलचित्रहरूमा भूमिका निभाईसकेका छन् । ‘पःखाः’ का लेखक पूर्ण ‘पथिक’ थिए भने त्यस चलचित्रको सम्वाद रामशेखर नकर्मी र डा. पुष्पराज राजकर्णिकारले गरेका थिए ।

गत २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले उनको घर पनि पाताल भएपछि स्थानीय एक व्यक्तिले वृद्धाश्रममा सम्पूर्ण व्यवस्था गरेर पालेका थिए भने पछि त्यहाँबाट उनी अन्तै बास सरेका हुन् ।

उनको नेपालभाषामा चर्चित किताबहरूमा ‘सिमा त फः फः स्वः’, ‘स्वति पाँय्’ र ‘नसं फाःगु चाः’ (उपन्यास)लगायत रहेका छन् भने ‘नसं फाःगु चाः’ उपन्यास जापानको एक संस्थाले जापानीज भाषामा पनि उल्था गरेर प्रकाशन गरेको थियो र पछि त्यहीँको एक संस्थाले उनलाई पुरस्कारसहित सम्मानसमेत गरेको थियो । यस्तै, भक्तपुरको एक संस्थाले पनि उनलाई ‘नेवाः हनाः सिरपा’ले सम्मान गरेका थिए ।

उनलाई करिब दुई वर्ष अगाडि मात्र कलाकारहरूले एक संस्था गठन गरी ‘झी कलाकार रामशेखर नकःमि हनाः ज्याझ्वः’ मार्फत भक्तपुर, ललितपुर र काठमाडौंमा र्‍यालीसहित नगर परिक्रमा गरी रु. तीन लाख नगदसहित भव्य सम्मान गरेका थिए ।

स्वर्गीय नकर्मीका दुई छोरा र चार छोरी रहेका छन् । अस्पताल परिसरमा उनलाई श्रद्धाञ्जली दिन सयौँको संख्यामा कलाकार एवं भाषिक कार्यकर्ता तथा नेताहरूसमेत पुगेका छन् । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
फोटो : शान्तराज शाक्य


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....