नेपाल र मलेसियाबीचको खेल सुरु, नेपाललाई जित्नै पर्ने दबाब

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार ०९:२६


काठमाडौं, श्रावण ९ ।
आईसीसी यू–१९ विश्वकप छनौट (एशिया क्षेत्र) अन्तर्गत अहिले नेपाल र मलेशियाबीचको खेल सुरु भएको छ । दोश्रो राउण्डको दोश्रो खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यी दुई टोलीबीचको पछिल्लो खेलमा नेपाल ५ विकेटले विजयी रहेको थियो । त्यस खेलमा नेपालले मेल्सियालाई ५८ रनमा अलआउट गरेको थियो । त्यसयता नेपालले अफगानिस्तानसँग ठूलो अन्तरको हार व्यहोरेका थिए । मलेसिया भने अझै पनि प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।

खेलका लागि प्रशिक्षक बिनोद दासले पछिल्लो खेलबाट ३ परिवर्तन गरेका छन् । ललित नारायण राजवंशीको स्थानमा शाहब आलम फर्किएका छन् भने रिजन ढकालले पवन शर्राफको स्थान लिएका छन् । आसिफ शेखको स्थानमा आदिल खान आएका छन् ।

नेपाल अंक तालिकामा दोश्रो स्थानमा छन् भने मलेशिया पुछारमा रहेको छ । अंक तालिकामा नेपालको ४ खेलमा ६ अंक रहेको छ भने मलेशियाले कुनै पनि अंक जोड्न सकेको छैन । शीर्ष स्थानमा रहेको अफगानिस्तानले सबै खेल जित्दै ८ अंक जोडेको छ र आयोजक टोली सिङ्गापुरको २ अंक रहेको छ । छनौटको गणितीय सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

काठमाडाैं, चैत २३ । नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....