समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार १९:११


काठमाडाैं, चैत २३ ।
नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर डा. पुष्पराज राजकर्णिकारले नेपालभाषा साहित्यकाे भण्डारण गरी याेगदान दिएर समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध सशक्त रूपमा आवाज उठाउन सक्नु नै नेपालभाषा साहित्य क्षेत्रमा ठूलाे उपलब्धि भएकाे बताएका छन् । कुनै पनि साहित्यिक क्षेत्रमा पुरस्कार प्राप्तिका लागि मात्र साहित्य रचना गर्नु नभई साहित्य क्षेत्रमा थप एउटा ईंट्टा थप्नुमा पनि साहित्यकारकाे उत्तिकै याेगदान रहेकाे हुँदा सबैजना उत्तिकै धन्यवादकाे पात्र रहेकाेमा जाेडसमेत दिएका छन् ।

ने.सं. ११११ मा भक्तपुरमा स्थापना भएकाे कुतः पिकाक (कुतः प्रकाशन)द्वारा आज शनिबार भक्तपुरकाे गःपलिस्थित भक्तपुर पार्टी भेन्युमा आयाेजित “हर्ष-कृष्ण चिबाखँ सिरपाः लःल्हायेगु ज्याझ्वः (हर्ष-कृष्ण लघुकथा पुरस्कार वितरण कार्यक्रम)”मा बाेल्दै डा. राजकर्णिकारले साे कुरा बताएका हुन् । कार्यक्रमका मुख्य अतिथीसमेत रहेका डा. राजकर्णिकारले अहिले समाज स्वार्थमा लिप्त भएर जन्मदिने आमाबुबालाई वृद्धाश्रममा लगेर राख्ने एउटा फेशन जस्तै भएर विस्तारै माैलाउँदै गएकाे बताउँदै जसरी आफ्ना छाेराछाेरीलाई समय व्यतित गरेर हुर्काएका छाैँ त्यसरी नै आफूलाई जन्म दिएर कर्मथलाे देखाउने आमाबुबालाई पनि त्यसरी नै माया र स्नेहका साथ सेवा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी डा. पुष्पराज राजकर्णिकारले पानसमा दीप प्रज्ज्वलनपश्चात् औपचारिक रूपमा सुरु भएकाे उक्त कार्यक्रममा स्वागत मन्तव्य कुतः पिकाकका सम्पादक एवं प्रकाशक बिमल ताम्राकारले गरेका थिए । आफ्नाे स्वागत मन्तव्य राख्ने क्रममा ताम्राकारले अहिले भाषा उत्थान भनेर मात्र नभई यदि नेपालभाषालाई पछिसम्म जीवन्त राख्ने हाे भने समयानुकूल हामी पनि दृढतापूर्वक लाग्न अब नेपालभाषा सँगसँगै नेपाली भाषामा पनि अनुवाद गरेर अगाडि बढ्नु पर्नेमा जाेड दिएका छन् । यसैगरी, ताम्राकारले आजकाे यस कार्यक्रममा कुतः पिकाकद्वारा निरन्तर रूपमा प्रकाशित हुँदै आइरहेकाे लुँध्वाखा स्वलापाै (स्वर्णद्वार त्रैमासिक स्वर्णद्वार) पत्रिकामा प्रकाशित १२६ वटा लघुकथामध्ये उत्कृष्ट दुई वटा लघुकथालाई नगदसहित सम्मान पत्रसहित सम्मान गर्न पाउँदा आफू र यस संस्थामा आबद्ध सबैजना एकदमै गाैरवान्वित महशुस भएकाे बताए । पुरस्कार प्राप्त गर्नेहरूमा सर्वाेत्कृष्ट लघुकथा ‘मुक्ति दिवस’ का लघुकथाकार न्हुछेभक्त कवां र उत्कृष्ट लघुकथा ‘भाेगाइ’का लघुकथाकार न्हुछेरत्न (साैरभ) शाक्यलाई क्रमशः नगद रु. ३५,०००/- र २५,०००/- नगद प्रदान गरिएकाे थियाे ।

कार्यक्रम लुँध्वाखा स्वलापाैका संरक्षक तथा सल्लाहकार एवं प्रा.डा. सर्वज्ञभक्त मल्लकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा समालाेचक एवं निबन्धकार पूर्ण ताम्राकारले म र डा. पुष्पराज हामी दुई जनालाई छनाैटकाे जिम्मा दिएकाे र हामीहरूले कथा वस्तु समसामयिक छ छैन, नेपालकाे परिवेशमा निहीत छ कि छैन हरेकलाई मुख्य आधार बनाएर, कथा अन्त्यकाे भिन्नता, व्यङ्ग प्रहार, संकेतात्मक, भाषागत शैली, वाक्यका बनाैट, कलात्मकताका आधार र शिल्पकला यी सबै कुरालाई गहन अध्ययन र अनुसन्धानपश्चात् नै हामीले छनाैट गरेकाे धारणा व्यक्त गरे ।

कार्यक्रममा आफ्नाे मन्तव्य राख्ने क्रममा पुरस्कारका दाता, भक्तपुर विकास सहयाेग संघका पूर्वअध्यक्ष, अर्थशास्त्री, भाषाप्रेमी एवं उद्यमीसमेत रहेका कृष्णलाल प्रधानले भने, ‘हामीहरू बच्चैदेखि केही गराैँ भन्ने मनशाय रहेकाे र साेही कारणले आज मलगायत अन्य मित्रहरू यस स्थानमा रहेकाे बताउँदै समयसँगै समाजसेवाकाे भावनाले समेत उन्मुख रहेका कारण विभिन्न संघसंस्था खाेलेर सक्रिए रूपमा अग्रसर भएर अगाडि बढ्दै जागरण अभियान चलाउनुका साथसाथै विद्यार्थी जीवनमा लागेर टिबीबाट ग्रसित विशिष्ट व्यक्तिहरूलाई बचाउनसमेत हामी सफल भयाैँ यसमा हामीलाई निकै गर्व लाग्छ । र, हामीले आफ्नाे मातृभाषा जाेगाई राख्न नेपालभाषामा मात्र लेख लेखेर अहिलेकाे समयमा याे पर्याप्त नहुने हुँदा हामीले नेपालभाषा सँगसँगै त्यसलाई उल्था गरेर नेपाली भाषामा पनि उचित स्थान दिएर नेपालभाषालाई जीवित राख्नुपर्नेमा जाेड दिए ।’

कार्यक्रममा बाेल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगिब बनेपालीले कुतः पिकाकमार्फत् ३९० वटाभन्दा बढी पुस्तक र कृतिहरू भाषाप्रति लगाव, मनकारी भावनासँगै अहाेरात्र खटिएर प्रकाशित गर्न सफल हुनुभएकाेमा बिमल ताम्राकारलाई विशेष धन्यवादसँगै आभार व्यक्त गरेका थिए ।

कार्यक्रमकाे बीचमा कीर्तिपुर निवासी रफेला महर्जनले साँगीतिक प्रस्तुति दिएकी थिइन् । यसैबीच, संरक्षकहरूलाई दाेसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएकाे थियाे भने कार्यक्रममा उपस्थित अतिथीहरूले आ-आफ्नाे धारणा राखेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन कुतः पिकाकका व्यवस्थापक बिष्णुकेशरी ताम्राकारले दिएकी थिइन् भने कार्यक्रम केके मानन्धरले सञ्चालन गरेका थिए ।

कार्यक्रमका सभापति प्रा.डा. सर्वज्ञभक्त मल्लले अन्त्यमा आफ्नाे धारणा व्यक्त गर्दै धैर्यताका साथ कार्यक्रमकाे अन्त्यसम्म साथ दिनु भएकाेमा सबैलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन भएकाे घाेषणा गरेका थिए ।






प्रतिक्रिया

ताजा खबर

More

समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

काठमाडाैं, चैत २३ । नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....