मन्त्री बुढाथोकीद्वारा एमालेमाथी यस्तो गम्भीर आरोप

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार १६:३९


पाँचथर, फागुन १६ ।
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन हुन नदिन गम्भीर षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

पाँचथरको फिदिममा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा लागि परेको दाबी गर्दै एमालेले स्थानीय तहको निर्वाचन बिथोल्न संवैधानिक एजेण्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको बताए ।

मन्त्री बुढाथोकीले संविधान संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने त्रासले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै लिएर मुलुकलाई निकास दिने दाबी गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....