बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने मन्त्री महतको अडान

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार ०५:०५


काठमाडौं, फागुन १७ ।
नेपालमा हाल बाँकी रहेका भुटानी शरणार्थी आफ्नै देश फर्किन पाउनुपर्ने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा. महतले सोमबार शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्राण्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कंदासम्म तथा कुनै तेश्रो मुलुकमा पुनःस्थापित नहुँदासम्म राष्ट्रसङ्घीय उक्त निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गरे ।

नेपालमा हाल बाँकी रहेका करिब १० हजारभन्दा बढीको संख्यामा रहेका ती शरणार्थीलाई नेपालमै पुनःस्थापित गर्न उक्त निकायले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको थियो ।

सोही विषयमा उच्चायुक्त सकारात्मक रहेका थिए । शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट आयोग पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे । नेपालमा रहेका भुटानी शरणार्थी तेश्रो मुलुकमा पुनःस्थापित भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....