स्ववियु चुनाव नजिकिँदै गर्दा वातावरण थप अराजक बन्दै

काठमाडौं, फागुन १७ ।
यहीँ फागुन १८ गतेबाट स्ववियु निर्वाचन गर्ने तय भएको दिन नजिकिँदै गर्दा वातावरण चुनावमय बन्नुको साटो उग्र र अराजक बन्दै गएको छ ।
राजधानीका विभिन्न स्थानमा चुनावको माहौलभन्दा पनि विरोध र तालाबन्दीका कारण चुनाव हुने वा नहुने निश्चित भएको छैन भने यसै क्रममा गएराति भक्तपुरको सानोठिमी क्याम्पसमा अज्ञात समूहले आगजनी गरेका छन् ।
विद्यार्थीहरूले नै आगजनी गरेको आशंका गरिएको भए तापनि कसले गरेको भन्ने अझै कुनै यकिन भने हुन सकेको छैन । आजगनीबाट क्याम्पसका केही फर्निचरसमेत जलेर नष्ट भएका छन् ।
सानोठिमी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) र नेविसंघको एउटा प्यानलले उम्मेदवारी दिएको छ भने अर्को अखिल र विप्लव नेतृत्वको माओवादीको विद्यार्थी संगठनको संयुक्त प्यानल रहेको छ ।
प्रतिक्रिया