सत्तारुढ दल कांग्रेस, माओवादी र मोर्चाबीचको बैठक सम्पन्न

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार १३:०७


काठमाडौं, फागुन १७ ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चाबीच बसेको तीन पक्षीय बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको तीन पक्षीय बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा छलफल भएको जनाएको छ ।

राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निश्कर्ष निकाल्दै बैठकले छिट्टै सरकारलाई समर्थन गर्ने दलहरूको संयुक्त बैठक बस्ने गरी समझदारी भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....