‘मै कति भाग्यमानी…’ तीज गीतका साथ सञ्चारकर्मी भण्डारी आइन् (भिडियोसहित)

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार ०६:५८


काठमाडौं, श्रावण १५ ।
नजिकिँदै गरेको हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दै सञ्चारकर्मी कल्पना भण्डारी सार्वजनिक भएकी छन् ।

प्रशारण पत्रकारिताअन्तर्गत टेलिभिजनमा समाचार वाचिकाको छबिसमेत बनाएकी भण्डारीले ‘मै कति भाग्यमानी…’ बोलको गीतमा स्वर दिएकी हुन् । उक्त तीज गीत १३ मिनेट लामो भिडियोमा उनको मुख्य अभिनयसमेत रहेको छ ।

आधुनिक गीत निकाल्ने तयारीमा रहेकी भण्डारीले तीज गीत सार्वजनिक गरेकी हुन् । विपिन किरणको शब्द र नारायण सुवेदीको संगीत रहेको उक्त गीतमा गायक, गीतकार र संगीतकार तीनै जनाको तीज गीतमा पहिलो प्रयास हो । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतसँग पहिलो पटक गायन सिकेकी भण्डारी १२ वर्षभन्दा बढी समयदेखि टेलिभिजन पत्रकारितामा संलग्न रहँदै आएकी छन् ।

‘गीत, संगीत मेरो सौख मात्र हो, पेशा त मेरो पत्रकारिता नै हो’, उनले भनिन्, ‘प्रायः तीज गीतहरूमा दुखेसो पोख्ने, कुनै पात्रलाई गाली गर्ने, सासु–ससुरा, नन्द–आमाजुलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्ने गरिन्थ्यो त्यसैले यसमा अत्यन्तै सकारात्मक रूपमा प्रस्तुत गरिएको भएर पनि यो तीज गीत गाएकी हुँ ।’ तीज विशेषमा नारीले नाच्ने, गाउने र रमाइलो गर्ने भएकाले यो गीतको भिडियोमा पुरुष कलाकार समावेश नगरिएको उनको भनाई छ । गीतमा सासु र श्रीमानले माया गरेको विषयलाई समावेश गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यून चापीय.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....