एक पक्षको अवरोधका कारण चुनावको घोषणा : प्रम दाहाल

काठमाडौं, फागुन १७ ।
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा अहिले देशबासीको नाममा सम्बोधन गर्ने क्रम जारी रहेको छ । सम्बोधन गर्दै उनले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिनेसमेत बताएका छन् । आफूले मधेशी, जनजाति, थारूको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधन पछि चुनावको घोषणा गर्न चाहेको भए तापनि एमालेको नाम नलिई एक पक्षको अवरोधबाट संसद्मा छलफल समेत हुन नसकेकाले चुनावको घोषणा गरिएको बताए ।
सम्बोधनकै क्रममा उनले कुनै पनि खाले अतिवादलाई नसहने उल्लेख गर्दै उनले भने, ‘हिमाल, पहाड र तराई कही पनि सहन गरिने छैन ।’
उनले मधेशमा त्यहाँको असन्तुष्टिलाई उपयोग गरेर मुलुककै बिखण्डन गर्ने प्रयास भएको बताउँदै त्यस्ता अतिवादलाई सहेर आफू नबस्नेसमेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया