मोर्चाको निर्णय : संशोधन प्रस्ताव पारित नभए चुनावमा नजाने, अाज पुनः छलफल

काठमाडौं, फागुन १८ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरू निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
मोर्चाको मंगलबार बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरूको प्रमुख शर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो । सो बारेमा आज पुनः प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिए ।
उनले संविधान संशोधन प्रस्तावमाथी परेको संशोधन प्रस्तावलाई मिलाएर प्रस्ताव अगाडि बढाउन माग गरिएको बताउँदै त्यसो हुन नसके निश्चित दिनको समयसीमा दिएर सरकारबाट समर्थन फिर्ता लिनेसम्मको निर्णय हुने उनको भनाई छ ।
प्रतिक्रिया