स्ववियुको चुनाव सुरु हुँदै, ठाउँ–ठाउँमा व्यापक मात्रामा प्रहरी परिचालन

काठमाडौं, फागुन १८ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करिब दुई सयभन्दा बढी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सुरु हुँदैछ । आज विवाद नभएका २४ वटा आंगिकसहित करिब दुई सय वटा क्याम्पसमा चुनाव सुरु हुने केन्द्रीय निर्वाचन समितिका सदस्य नरेन्द्र सिवाकोटीले जानकारी दिएका छन् ।
विद्यार्थी संगठनहरूको आपसी विवादका कारण आठ वर्षपछि भएको स्ववियु चुनाव आज पनि धेरैजसो क्याम्पसमा हुन सकेका छैनन् । राजधानीसहित देशभरीका ठूल्ठूला क्याम्पसमा विभिन्न माग राख्दै विद्यार्थी संगठनले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेका छन् भने कहीँ आगजनीसमेत भएको छ ।
राजधानीको सानोठिमी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पस, पुल्चोक इञ्जिनियरिङ र थापाथली इञ्जिनियरिङ, जनप्रशासन क्याम्पसन, आईओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा चुनाव सुरु हुन लागेको निर्वाचन समितिका सदस्य शिवाकोटीले जानकारी दिए ।
यसैबीच, शंकरदेव क्याम्पसले आउँदो २४ गते चुनाव गर्ने गरी स्ववियुको मिति तोकेको छ । चैत्र २० गतेदेखि तीन दिनसम्म प्रजातन्त्रवादी प्राध्यापकको अधिवेशन रहेको, चैत्र २६ गतेपछि परीक्षा सुरु हुने भएकाले अब पुनः स्ववियु चुनावको मिति कहिलेलाई तोक्ने भन्नेबारेमा अन्यौलता भन्ने कायमै रहेको छ ।
त्यसैगरी, आज हुन गइरहेको स्ववियु चुनावलाई मध्यनजर गर्दै सरकारले राजधानीका विभिन्न क्याम्पसमा व्यापक मात्रामा प्रहरी परिचालन गरेको छ ।
प्रतिक्रिया