व्यवस्थापिका–संसद् बैठक फागुन २७ गते बस्ने गरि भोलिका लागि स्थगित

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार ११:४५


काठमाडौं, फागुन १८ ।
व्यवस्थापिका–संसद् बैठक बिहीवार बस्ने निर्धारण गरिएकोमा सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारण देखाएर बिहीवार बस्ने बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक अब आउने फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको सूचनामा उल्लेख गरिएको छ ।

संसद्मा छलफल गर्नका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि सारिएको हो । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेशी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् भने संविधान संशोधन प्रस्तावमाथि संशोधनका लागि दिइएको समयभित्र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतले १५ वटा संशोधन दर्ता गराएका छन् ।

सभामुख ओनसरी घर्तीका श्रीमान् पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा छिन् । दलहरूबीच संविधान संशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा घर्ती छिट्टै स्वदेश फर्कन सक्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....