अपडेट : स्ववियु निर्वाचनअन्तर्गत २५ क्याम्पसमा अनेरास्ववियु विजयी (सूचीसहित)

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार १५:३५


काठमाडौं, फागुन १८ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आज आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयका ठूला क्याम्पसमा स्ववियु चुनावको उम्मेदवारी मनोनयन दर्ता रोकिएपछि ठूला संगठनहरू साना क्याम्पसमा वर्चश्व कायम गर्ने अभियानमा छन् ।

त्रिविका कम मतदाता भएका आंगिक क्याम्पसमा आज हुने स्ववियु चुनावमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड) मुख्य प्रतिस्पर्धामा छन् । हालसम्म ६१ मध्ये २२ क्याम्पसमा चुनाव भइरहेको छ ।

अनेरास्ववियुले विजय हासिल गरेका क्याम्पस र विजयीको नाम
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल
४) शान्ति क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह
५) खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की
६) सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी
७) आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रूपक गिरी
८) हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल
९) खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुँयाल
१०) सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल
११) कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ
१२) उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य
१३) अमरदीप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा
१४) सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बु
१५) काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं– अध्यक्ष, सुशील गिरी
१६) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त
१७) खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा
१८) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– अध्यक्ष, केशरबहादुर भाट
१९) अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत– अध्यक्ष, हिमाल श्रेष्ठ
२०) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– अध्यक्ष, रबिन बानियाँ गुरुङ
२१) जनक क्याम्पस, काभ्रे– अध्यक्ष, सरला दाहाल
२२) सर्वदय क्याम्पस, बागलुङ– अध्यक्ष, शेखर थापा
२३) नमुना बागेश्वरी क्याम्पस, धादिङ– अध्यक्ष, सन्दिप घिमिरे
२४) भीमज्योति शिक्षा क्याम्पस, सिन्धुली, खुर्कोट– अध्यक्ष, चुडामणि श्रेष्ठ
२५) जिरी क्याम्पस जिरी, दोलखा– अध्यक्ष, समीर खड्का


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....