अखिल (क्रान्तिकारी) को विजयी सुरुवात, अहिलेसम्म ३५ क्याम्पसमा विजयी

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार १८:२९


काठमाडौं, फागुन १८ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जारी रहेको चुनावमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) देशभरबाट ३३ क्याम्पसमा अध्यक्षमा विजयी भएको छ भने मतगणना गर्ने कार्य पनि जारी रहेको छ ।

अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले अहिलेसम्म ३३ वटा क्याम्पसको अध्यक्षमा आफ्नो संगठन विजयी भएको बताएका छन् । यसअघि, निर्विरोध निर्वाचित भएको समेतलाई जोड्दा ३७ वटा क्याम्पसमा विजयी भइसकेको उनको भनाई रहेको छ ।

अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पस र अध्यक्षको नाम
१. पाणिनी बहुमुखी क्याम्पस, सन्धिखर्क, अर्घाखाँची – अध्यक्ष लक्ष्मण खड्का

२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट – अध्यक्ष श्रीकुमार बुढाथोकी

३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम – अध्यक्ष नवराज के.सी.

४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा, रुकुम – अध्यक्ष जीवन पुनमगर

५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम – अध्यक्ष रामबहादुर बिष्ट

६. बनगाड क्याम्पस, सल्यान – अध्यक्ष इन्द्रबहादुर बुढाथोकी

७. फारुला बहुमुखी क्याम्पस, सल्यान – अध्यक्ष रामप्रसाद शर्मा

८. शिवजन क्याम्पस सितलपाटी, सल्यान – अध्यक्ष हरिप्रकाश वली

९. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी – अध्यक्ष सिर्जना घिमिरे

१०. त्रिपुरा क्याम्पस, नाम्दु, दोलखा – अध्यक्ष शालिकराम उप्रेती

११. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला – अध्यक्ष नरबहादुर बिष्ट

१२. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला – अध्यक्ष भुवन भण्डारी

१३. गुँरास बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया – अध्यक्ष धनसरा ढकाल

१४. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, खहरे धादिङ – अध्यक्ष रामबाबु बिष्ट

१५. नन्दादेवी बहुमुखी क्याम्पस,कोटवांडा, कालिकोट – अध्यक्ष लक्ष्मण बुढा

१६. नलगाड बहुमुखी क्याम्पस, दल्ली, जाजरकोट – अध्यक्ष राजन राना

१७. सगरमाथा आईटी कलेज, सानेपा, ललितपुर – अध्यक्ष मनिष खत्री

१८. महालक्ष्मी क्याम्पस, ललितपुर, लुभु – सरोज महर्जन

१९. प्रताप स्मृति कलेज, सिंगटी, दोलखा – नमराज बस्नेत

२०. प्रभा बहुमुखी क्याम्पस, कात्तिके देउराली, काभ्रे – बिनोद चौलागाई

२१. भाषा क्याम्पस, धनकुटा – अध्यक्ष नबिन पौडेल

२२. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ – अध्यक्ष संगिता भुजेल

२३. मुसिकोट क्याम्पस, मुसिकोट रुकुम – अध्यक्ष नारायण के.सी.

२४. दाप्चाकृष्ण क्याम्पस, दाप्चा, काभ्रे – अध्यक्ष अमृत अधिकारी

२५. भेरी शिक्षा क्याम्पस, गुल्मी सुर्खेत, – अध्यक्ष रितकुमार बिक

२६. लाम्पन्टार बहुमुखी क्याम्पस, सिन्धुली – अध्यक्ष बिमल रमौली मगर

२७. जुगल बहुमुखी क्याम्पस, साँगाचोक, सिन्धुपाल्चोक – अध्यक्ष जयन्द्र श्रेष्ठ

२८. पालुङ बहुमुखी क्याम्पस, पालुङ, मकवानपुर – मुकेश घोले

२९. शितल शिक्षा क्याम्पस, चौरजहारी, रुकुम – अनुप पोखरेल

३०. चौमाला बहुमुखी क्याम्पस, कैलाली – अध्यक्ष प्रकाश आचार्य

३१. धुर्कोट पर्मानन्द भण्डारी बहुमुखी क्याम्पस, गुल्मी – अध्यक्ष शीतल थापा

३२. राडी शिक्षा क्याम्पस, आठबिसकोट, रुकुम – अध्यक्ष खुवराज वली

३३. परोपकार आदर्श बहुमुखी क्याम्पस, जौवारी, गोर्खा – अध्यक्ष मीना पन्त

३४. जयपृथ्वीबहादुर सिंह बहुमुखी क्याम्पस, बझाङ, – अध्यक्ष रामचन्द्र रोकाय

३५. पुल्चोक इञ्जिनियरिङ क्याम्पस, ललितपुर – अध्यक्ष रोशन थापा मगर


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....