नेपालमा दैनिक दश जनाको आत्महत्याका कारण मृत्यु

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १२:३८


काठमाडौं, १९ फागुन ।
नेपालमा दैनिक दश जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । यस्तो विकराल अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा सचेतनाको लागि सहयोगी नेपाल संस्थाले (HAND\ NEPAL) मंगलबार ओर्किड ईन्टरनेशनल कलेजमा विद्यार्थीलाई आत्महत्या बिरुद्ध जनचेतना मुलक अन्र्तक्रिया गरेको छ ।

करिब ६० जा विद्यार्थीहरूको सहभागीतामा मनोचिकित्सक अनुप बरालले विद्यार्थीहरूलाई आत्महत्याको कारण र रोकथामबारे जानकारी दिएका थिए । चरम महत्वकाक्षा पुरा नहुनु, प्रेम सम्बन्धहरूमा उतारचढाब आउनु, परिवर्तित जीवन शैली, युवा अवस्थामा आउने परिवर्तन, परिवारमा हुने कलह जस्ता कारणले नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेको भन्दै यसको रोकथामका लागि कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रदीप शर्माले बताएका हुन् । आत्महत्या रोकथामका लागि प्रत्येक व्यक्ति सचेत र सजग हुँन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी भएका विद्यार्थीले बढ्दो आत्महत्या रोक्नका लागि कलेजमा आएर दिइएको ज्ञान अब आउने दिनहरूमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

आत्महत्या रोक्नका लागि १५ देखि ३० बर्ष उमेर समूहलाई लक्षित गर्दै अन्य कलेजहरूमा पनि कार्यक्रम गर्ने आयोजकहरूले जनाएका छन् । प्रत्येक दिन आत्महत्या हुनुमा समाजका लागि गभ्भीर बिषय भएकाले यसलाई रोक्न सबै क्षेत्रबाट पहल हुन जरुरी छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....