सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट चितवनको एक महिला ठगिए

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १३:१२


चितवन, १९ फागुन ।
पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् ।

रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताएका छन् । उहाँलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वाङ्ग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य तुलसीपुर, धरान, काठमाडौँ बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उहाँले बताएका छन् । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाएको थियो । फेसबुक चलाउँदै आउनुभएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरूले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढङ्गले उहाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी भएका कारण ठगले नाटक रची ठग्न सफल भएको प्रहरीको अनुमान छ ।

पटकपटक गरी भारत बस्दै आएका एक व्यक्तिले उहाँलाई फेसबुकको चिठ्ठामा दश लाख मिलियन डलर प¥यो भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिएका छन् । थापाकाअनुसार न्यौपानेले विभिन्न छ चरण गरी उनलाई पैसा पठाइएको थियो ।

आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौँमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताएका छन् ।

ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेशनल कार्ड समेत पठाएर रु ५० लाख दिई सकेपछि मात्र काडले काम गर्ने र दश लाख मिलियन डलर पाउने बताएको थापाले बताएका थिए । काडमा चिप्स नभएको थाहा भएपछि उहाँ ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ वटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । त्यसमध्ये कमै मात्रको लेनदेन टुङ्गिएको छ ।

अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताएका छन् । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उहाँले बताएका छन् ।
रासस


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....