मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १३:४२


लहान, फागुन १९ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा बसको ठक्करबाट बुधबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको देवीपुर–९ निवासी ३७ वर्षीय सुरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख १४६० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स. ५ प ७२३४ नंको मोटरसाइकललाई गएराति ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।
घाइते महतोको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यसैगरी सिराहाको मिर्चैया नगरपालिका–८ मझुवा टोलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । स्थानीयवासी फुलगेन रायको एकतले पक्की घरमा अचानक आगलागी हुँदा कोठामा सुतिरहेका ३९ वर्षीय प्रदीप रायको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामानसमेत जलेर नष्ट भएको र क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।
रासस


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....