अर्थमन्त्री महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्त मन्त्री जेट्ली काठमाडौंमा

काठमाडौं, फागुन १९ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली आज नेपालको दुई दिने औपचारिक भ्रमणमा राजधानी आइपुगेका छन् ।
मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, यहाँस्थित भारतीय दूताबासका प्रमुख विनयकुमार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।
आज देखि सुरु भएको ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउन नेपाल भ्रमणमा आएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया