प्रधानमन्त्री दाहाल र भियतनामी सहायक विदेश मन्त्री फाम सान चाउबीच भेटवार्ता

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार १०:३२


काठमाडौं, फागुन २० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भियतनामका सहायक विदेश मन्त्री फाम सान चाउले भेटवार्ता गरेको छ । आज बिहान बालुवाटारमा पुगेर चाउले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् । भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताएका छन् । प्रधानमन्त्रीले सेना समायोजन र हातहतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी दिएका छन् ।

कृषि, प्रविधि, जलविद्युत र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्री दाहालले बताएका छन् । भेटवार्तामा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणका लागि निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको कुरा जानकारी दिएका छन् । चाउले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको कुरा बताउदै त्यसका लागि सहकार्य जारी राख्ने जनाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....