राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीकाको नयाँ किर्तीमान

प्रकाशित मिति: १ भाद्र २०७४, बिहीबार १४:३९


काठमाडौं, भाद्र १ ।
नेपाल पौडी संघको आयोजनामा काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन् । बिहीबार बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको नाममा थियो ।

उनले सातौं राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् । उक्त प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ ।


प्रतिक्रिया


ताजा खबर

More

ललितपुरकाे खपिन्छेँस्थित घरकाे पानी ट्यांकीमा ११ वर्षीया बालिकाकाे शव फेला

काठमाडाैं, चैत ३१ । ललितपुर महानगरपालिकाको मंगलबबारनजिक खपिन्छेँ टोलको एक घरको पानी.....