काठमाडाैंकाे बालाजु औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेकाे आगलागी नियन्त्रणमा

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार २१:२६


काठमाडाैं, चैत ३० ।
काठमाडौं महानगरपालिकाको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका र सशस्त्र प्रहरीको गरी ८ वटाभन्दा बढी दमकलको प्रयासपछि औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नियन्त्रणमा आएको हो । उनले भने, ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।’

विस्तृत विवरण आउन केही समय लाग्ने बाेहराले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....