केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, चैत ३१ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव महाशाखाले जनाएको छ ।
आज आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका इलाम र झापाका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।
यस्तै, आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका थोरै स्थानहरू र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।
कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । महाशाखाकाअनुसार काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया