काठमाडाैंकाे पेप्सीकाेलाबाट ६० लाख रुपैयाँ लुटपाट, १३ जना पक्राउ

काठमाडाैं, चैत ३० ।
काठमाडौं महानगरपालिकाको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधबार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् ।
लुटपाटमा संलग्न भएकाे आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । लुटिएको ३० लाख रुपैयाँ रिकभर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले जानकारी दिएका छन् । लुटिएका व्यक्ति पनि अहिले प्रहरीको सम्पर्कबाट बाहिर रहेको अनुसन्धान अधिकृतहरूले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले भने, ‘बुधबार साँझ ८ बजेतिर लुटिएको रहेछ, संलग्नहरूबारे अनुसन्धान हुँदैछ ।’ प्रहरीले पीडितको पहिचान सार्वजनिक भने अहिलेसम्म गरेको छैन ।
प्रतिक्रिया