ललितपुरकाे खपिन्छेँस्थित घरकाे पानी ट्यांकीमा ११ वर्षीया बालिकाकाे शव फेला

प्रकाशित मिति: ३० चैत्र २०८१, आईतवार १८:३६


काठमाडाैं, चैत ३१ ।
ललितपुर महानगरपालिकाको मंगलबबारनजिक खपिन्छेँ टोलको एक घरको पानी ट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला परेकाे छ ।

उक्त शवको पहिचानसमेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छन् । उनी यही चैत ११ गतेदेखि हराएको बुझाइएको उनले बताए ।

एक व्यक्ति डेरा सरेर उक्त घरमा गएका थिए । पानी ट्यांकी फोहर भएको किरासमेत बाहिर आएको देखेपछि सफा गर्न भनेर छिर्दा शव फेला परेको एसएसपी अधिकारीले बताए ।

बिहीबार शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । पोस्टमार्टम गरेर शवको सनाखतसमेत भइसकेको प्रहरीले बताएको छ ।

मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०/२५ दिनअघि मात्रै उनीहरू त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानी ट्यांकीमा शव भेटिएको हो ।

बालिकाको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....