काठमाडाैंकाे बबरमहलमा सवारी दुर्घटनामा परी ३० वर्षीय पुरुषकाे मृत्यु, दुई जना घाइते

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार १९:३४


काठमाडाैं, चैत ३० ।
काठमाडौं महानगरपालिकामा आज शनिबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र. २-०३-०१८ प ५८३४ नम्बरकाे स्कुटरलाई प्र. ३-०२-०१० प ६९५४ नम्बरकाे मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेकाे ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार चलिरहेकाे बाेहरलाे जानकारी दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, चैत ३१ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम.....