एमालेको आजबाट ‘संविधान कार्यान्वयनका लागि मेची–काली अभियान’ सुरु

झापा, फागुन २१ ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सुदृढ गर्दै संविधान कार्यान्वयनका लागि मेची–काली राष्ट्रिय अभियान आयोजना गरिएको बताएका छन् ।
एमालेले आजदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान उद्घाटनका लागि झापा पुगेका ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न खोज्ने र जारी संविधान कार्यान्वयन गर्न नदिने तत्वको भण्डाफोर गर्नुपर्ने बताए ।
सोही अवसरमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेशमा एमालेप्रति फैलाइएको भ्रम चिर्नका लागि पनि अभियान थाल्नुपरेको बताए ।
त्यसैगरी, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरण तथा सांस्कृतिक तथा भाषिक संरक्षणका पक्षमा एमाले रहेको बताए ।
प्रतिक्रिया