एमालेको अभियानमा बीस मधेशी र थारूसहित उपेन्द्र यादवकी बहिनीसमेत जिम्मेवारीमा

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार ११:५१


काठमाडौं, फागुन २१ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आजबाट सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय अभियान’लाई थप सशक्त र प्रभावकारी बनाउन २० जना मधेशी र थारूलाई केन्द्रीय कमिटीमा थपेर एमाले पार्टी कुनै मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेको छ ।

यति मात्र नभई एमाले पार्टी छाडेर मधेशवादी पार्टी खोलेर हिँडेका उपेन्द्र यादवकी बहिनी जुली महत्तोलाई समेत वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

पार्टी सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार शुक्रबार झापामा बसेको स्थायी समितिको बैठकले १२ जनालाई पूर्ण सदस्य बनाएको हो ।

पूर्ण सदस्यहरूमा धनुषाबाट रघुवीर महासेठ, सिराहबाट धर्मनाथ साह, रामचन्द्र यादव, गङ्गा यादव, पर्साबाट रामचन्द्र साह तेली, महोत्तरीबाट रामदयाल यादव, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, हरिनारायण महत्तो र सर्लाहीबाट रबिन्द्र बैठा, रौतहटबाट लालबाबु यादव थपिएका छन् ।

त्यसैगरी, एमालेले नौ जना वैकल्पिक सदस्य पनि थपेका छन् । थप हुनेहरूमा कैलालीबाट नारदमुनी राना, धनुषाबाट सुधीर साह, जुली महत्तो, उदयपुरबाट मञ्जु चौधरी, झापाबाट हरी राजवंशी, रौतहटबाट सरला यादव, बाँकेबाट महम्मद हारुन रहेका छन् । पूर्वसांसद् शान्ता चौधरी पनि वैकल्पिक सदस्यमा परेकी छन् ।

एमाले स्थानीय समिति बैठकले कैलालीका हनुमान चौधरीलाई केन्द्रीय सल्लाहकार परिषद् र मायाराम चौधरीलाई प्रदेश नं. ७ को संगठन कमिटी सदस्यमा मनोनयन गरिएको सो पार्टीले जनाएको छ ।

आजबाट सुरु भएको अभियान चैत्र ४ गतेसम्म हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....