संशोधन प्रस्ताव पारित गराई निर्वाचनको वातावरण सहज बनाउन सुझाव

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार ०६:५५


काठमाडौं, फागुन २२ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठकले संविधान संशोधन प्रस्ताव पारित गराई स्थानीय तहको निर्वाचनका लागि सहज वातावरण बनाउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सबै दलको सहमतिमा संसद्बाट पारित गर्न सुझाव दिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे मधेशी मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिकलगायतका दलसँग संवाद जारी राख्नसमेत बैठकले आग्रह गरेको छ ।

प्रवक्ता भुसालले स्थानीय तहको संख्या बढाएर भए पनि मधेशी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउनेबारे पनि बैठकमा छलफल भएको बताइन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....