एमालेको मेची–महाकाली अभियान आज मधेशतर्फ जाँदै

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार ०८:४२


काठमाडौं, फागुन २२ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)का शनिबारदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय अभियान’ आज झापाबाट मधेश जिल्लामा जाने भएको छ । आज मधेशी मोर्चाले आफ्नो क्षेत्र मानेको सुनसरी र मोरङमा वृहत् सभासमेत गर्ने तयारी गरिएको छ ।

अभियानअन्तर्गत आज मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । झापाको दमकबाट बिहान र्‍यालीसहित एमाले नेताहरू इटहरी पुग्ने छन् । हरेक सभालाई सम्बोधन गर्ने नेताहरूको सूचीसमेत तयार पारिएको छ ।

विराटचोकको सभामा उपाध्यक्षहरू बामदेव गौतम र भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने इटहरीमा नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

झापाबाट सुरु भएको अभियान कञ्चनपुरको भीमदत्तनगर हुँदै सुर्खेतमा पुगेर समापन हुनेछ । त्यसैगरी, पूर्व–पश्चिम राजमार्गका ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

करिब १० हजार स्वयंसेवक परिचालन गरिएको उक्त अभियानमा एक हजार नेता कार्यकर्ता झापाबाट सुर्खेतसम्म पुग्नेछन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....