‘बाहुन’ प्रधानमन्त्री विरोधीमा बाबुरामको आक्रोस

काठमाडौं, फागुन २२ ।
नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ‘बाहुन’ मात्र भएकोमा आक्रोश भएका छन् । सामाजिक सञ्जालमा सक्रिय भट्टराईले आइतबार बिहान आफ्नो ट्वीटमा आक्रोस पोखेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको भित्तामा टाँसिएका १३ प्रधानमन्त्रीको फोटो सार्वजनिक गर्दै बाबुरामले निरन्तर एउटै जातिका कार्यकारी प्रमुख हुनु बहुजातीय मुलुकका लागि कति राम्रो भन्दै प्रश्न गरेका हुन् ।
बाबुरामले आफ्नो ट्वीटरमा लेखेका छन् । ‘बालुवाटारको भित्तामा टाँसिएका लोकतन्त्र र गणतन्त्रपछिका यी १३ कार्यकारी प्रमुख सबै एउटै जाति राष्ट्रियताका हुनु बहुजातीय मुलुकमा कति शोभनीय होला ?’
प्रतिक्रिया