निर्वाचनलाई सार्थकता दिई देशलाई समाधान दिनु आवश्यक : मन्त्री बस्नेत

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार ०६:४७


सिन्धुपाल्चोक, भाद्र १३ ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधन जस्ता राजनीतिक विषयलाई हाल थाती राखेर निर्वाचन सफल बनाई देशलाई समाधान दिनुपर्नेमा जोड दिएका छन् ।

बाह्रबिसेमा नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ ले आयोजना गरेको अन्तरक्रियामा कांग्रेस नेतासमेत रहेका बस्नेतले संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन गरी अघि बढ्नुको बिकल्प नभएको बताउँदै उनले भने, “हामीले सात दशकको समय कुरेर आफैँले लेखेको संविधान प्राप्त गरेका छौँ, कांग्रेसको अगुवाईमा सविधान जारी भएकाले कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ ।”

उनले मधेशी दललाई चुनावमा सहभागी गराउने वातावरण बनिसकेकाले संविधानमा भएका असन्तुष्टिलाई संशोधन गर्नुपर्ने बताए । नेकपा (एमाले)का कारण संशोधन प्रस्ताव पारित हुन नसकेको भन्दै मन्त्री बस्नेतले देशलाई द्वन्द्वको स्थितिबाट बाहिर ल्याउन एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....