यातायात व्यवस्था कार्यालय अधिकृत गाैतमविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, असार ३ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, पर्साका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध मुद्दा दायर गरेको छ ।
गौतमले २०५५ सालदेखि २०७९ सालसम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आज मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
उनको वैधानकि कूल आय २ करोड ८९ लाख रुपैयाँ देखिएकोमा घर निर्माण, जग्गा खरिद, सवारी, जनक शिक्षा सामाग्रीको ऋण भुक्तान, शेयर खरिद, बैंकमार्फत् लगानी, सुन खरिद बीमालगायतमा ५ करोड ४० लाख रुपैयाँ रहेको देखिएको हो ।
साढे २ करोड रुपैयाँभन्दा बढी अवैधानिक रकम देखिएपछि अख्तियारले सो रकम जफतसहित ३ वर्षसम्म कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया