प्रभु बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर खुला बिक्री गर्दै

काठमाडाैं, असार ३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ ।
प्रभु बैंक लिमिटेडको ९,८८२ कित्ता शेयर र छिमेक लधुवित्त वित्तीय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागि आज मंगलबारबाट सिलबन्दी बोलपत्र आह्वान खुला गरेको हो ।
कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु. १००/- र छिमेक लधुवित्त वित्तीय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु. ३९०/- तोकेको छ ।
शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्त वित्तीय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।
आवेदन आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था, कम्पनी भएमा दर्ता प्रमाण पत्र , कर चुक्ता प्रमाण पत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजातसमेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया