चौथो पटक म्याद थप गरी राउतलाई अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार १८:२४


सिरहा, फागुन २२ ।
राज्य विरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सिके राउतलाई जिल्ला अदालत सिरहाले थप २० दिनका लागि चौथो पटक थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानमार्फत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराई दस दिनसम्म थुनामा राखि आदेश दिएको थियो ।

प्रहरीलाई राउतविरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते दश दिन, तेस्रो पटक ११ गते फेरी दश दिन म्याद थप गरेको थियो भने चौथो पटक आज २० दिनका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....